राजनिति

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन् । कैलालीको टिकापुरमा सम्पन्न पहिलो महाधिवेशनमार्फत चौधरी सो पार्टीको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
अध्यक्ष चुनिएका चौधरीले पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन गरिएको हो ।

यसअघि नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमकी श्रीमती रञ्जिता चौधरी थिइन् । रेशमले आफू जेलमा रहँदा नै संरक्षक रहेर पार्टी गठन गरेका थिए ।

पार्टीको महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी थिए नागरिक उन्मुक्ति पार्टीको विधानअनुसार अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।

०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठुलो राजनीतिक दल हो ।

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button