मनोरञ्जन

अन्ततः डंकीले कटायो ४०० करोडको आंकडा

मुम्बई, १८ पुस । हालै रिलिज भएको शाहरुख खानको फिल्म हलमा राम्रो व्यापार गरिरहेको छ । 

चलचित्र हलमा रिलिज भएको १२ दिन बितिसकेको छ । शाहरुख खान, तापसी पन्नु, विक्की कौशल र बोमन इरानी अभिनित यो फिल्मले १३ दिनमा राम्रो कमाई गरेको रिर्पोट सार्बजनिक भएको छ । 

यसको दोस्रो सप्ताहमा पनी डंकिले उत्कृष्ट कमाई गरेको छ। अहिले शाहरुख खानले यो फिल्मबाट ४ सय करोडभन्दा बढी कमाइ गरिसकेको छ ।

यो जानकारी रेड चिलीज इन्टरटेनमेन्टले दिएको हो । रेड चिलीज इन्टरटेनमेन्टका अनुसार डंकीले १३ औं दिनमा पुग्दा विश्वब्यापी रुपमा ४००.४० करोड कमाएको छ । सोमबार यो फिल्मले भारतीय बक्स अफिसमा मात्रै ९.२५ करोड कमाएको छ । योसँगै शाहरुख खानको फिल्मले भारतमा १९६.९७ करोड कमाइ गरिसकेको छ । 

उता, फिल्मले विश्वभर ४ सय करोड भारु पार गरिसकेको छ । राजकुमार हिरानीको फिल्म डिंकीले अहिलेसम्म ग्लोबल बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ ।

शाहरुख खानको फिल्म डंकी गत २१ डिसेम्बरमा थिएटरमा रिलिज भएको छ। गत वर्ष हलमा रिलिज भएको शाहरुख खानको यो तेस्रो फिल्म हो । शाहरुख खानको २०२३ मा रिलिज भएका तीन फिल्म मध्ये डंकी सबैभन्दा कम कमाउने फिल्म हो। जबकी जवान र पठान किंग खानको करियरको ब्लकबस्टर फिल्म हो ।

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button