खेलकुदसमाचार

पालिका कपमा गौर र गरुडा नगरपालिका विजयी

डाँफे खबर, रौतहट ।

पालिका कप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा गौर नगरपालिकाले गुजरा नगरपालिकालाई २ रनले हराएको छ ।

दोश्रो खेलमा गरुडा नगरपालिकाले फतुवाबिजयपुरलाई हराएको छ । गौरस्थित राईस मिल्सको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको गौरले ११२ रन बनाएको थियो ।

जितको लागि ११३ रनको लक्ष्य पाएको गुजराले ११० रन मात्रै बनाउन सफल भयो । २ रनको झिनो अन्तरले पराजित भएको छ ।गौरका लागि ओपनर राज पटेलले सर्वाधिक ६७ रन बनाए । रबी साह र प्रिन्स अन्सारीले क्रमश १३/१३ रनको योगदान दिए ।

अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । गौरले १८.१ ओभरमा सबै विकेटको क्षतिमा ११२ रन बनाएको थियो । गुजराले २० ओभरमा ३ विकेट गुमाएर ११० मात्र बनाएको थियो । दोश्रो खेलमा फतुवा विजयपुर नगरपालिकाको टिमले १९.२ ओभरमा सबै विकेट गुमाएर ८३ रन बनाएको थियो ।

गरुडा नगरपालिकाको टिमले १२.३ ओभरमा ८५ रन बनाएर विजयी सुरुवात गरेको छ ।फतुवा विजयपुरका बलर राजिवकुमार यादवले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए । रुष्तम अन्सारी र अनिकेत साहले एक/एक विकेट लिए । यस्तै गरुडाका लागि शंकर पटेलले ३.२ ओभरमा १२ रन दिई तिन विकेट, उमेश पटेलले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिए ।

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button