अर्थसमाचार

नागरिक सम्पत्तिको बिमा गर्न स्थानीय तहले सहयोग गरिदिनुपर्यो!

२८ फागुन, डाँफे खबर।

ग्रामीण भेगमा बिमा पहुँच विस्तारका लागि स्थानीय तहले बिमा नीति ल्याउनु पर्ने सरोकारवालाहरुले औंल्याएका छन् ।

स्थानीय तहमा बिमा नीति नहुँदा नगरपालिका र गाउँपालिकाले नागरिकलाई सहयोग गर्न नसक्दा सो क्षेत्रमा अपेक्षित रुपमा बिमा पहुँच विस्तार हुन नसकेको उनीहरुको भनाइ थियो ।  नेपाल बीमा प्राधिकरणको आयोजनामा बाराको कलैया उपमहानगरपालिकामा सम्पन्न बिमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकको घर तथा सम्पत्तिको आर्थिक सुरक्षणका लागि उपमहानगरपालिकाका सेवासँग आवद्ध गरेर बीमा गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न आग्रह गरे ।

सिलवालले भने, ‘सरकारले राष्ट्रिय बिमा नीति ल्याएको छ, अब स्थानीय तहले पनि बिमाको विकास एवम् विस्तारका लागि बिमा नीति ल्याउनु आवश्यक छ, त्यसका लागि आवश्यक सहयोग गर्न प्राधिकरण तयार छ ।’

कलैया उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बिमाको विकास र विस्तारका लागि उपमहानगरपालिकाले स्वास्थ्य र कृषि तथा पशुपन्छी बीमालाई समावेश गरेर बीमा सम्बन्धी कार्यविधि बनाएको जानकारी दिए ।

‘अब घर तथा सम्पत्ति बिमालाई समेत कार्यविधिमा समावेश गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने ।कार्यक्रममा सहभागीले बिमा गरेको, बीमाशुल्क तिरेको तथा नवीकरण गर्नुपर्ने मिति लगायतका बारेमा डिजिटल प्रविधि मार्फत बीमितलाई जानकारी दिने व्यवस्था बिमा कम्पनीले गर्नुपर्ने बताए ।

कम्पनीका शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने, बिमा दाबी भुक्तानी सहज एवम् सरल हुनुपर्ने, बिमा सम्बन्धी प्रचार प्रसारलाई व्यापकता दिनुपर्ने लगायतका सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button