राजनिति
सुन तस्करीसम्बन्धि जाँचबुझको प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयनमा लैजाने मन्त्रीपरिषद्को निर्णय

डाँफे खबर, काठमाडौं ।
सरकारले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचुबझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सो सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनलाई जस्ताको त्यस्तै कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । आयोगले बिहीबार मात्रै सो प्रकरणमा जाँचबुझ गरी गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
गृहमन्त्री लामिछानले शुक्रबार बिहानै सो प्रतिवेदन प्रधानमन्त्री दाहाललाई बुझाएका थिए । एक मन्त्रीका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले बनाएको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?