Breaking Newsअर्थपूँजी बजार

पोखरामा रात्रिकालिन व्यवसाय २४सैं घन्टा खुल्ने: मुख्यमन्त्री पाण्डे

डाँफे खबर, काठमाडौं ।

पर्यटकीय राजधानी घोषणा भएको पोखरामा आइतबारदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरु रातभर खुल्ने भएका छन् ।

आइतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजैदेखि रात्रीकालीन व्यवसाय सञ्चालनका लागि सरकारले आवश्यक सुरक्षा प्रबन्ध गर्ने घोषणा गरे । 

उनले आइतबारदेखि नै लागू हुने गरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्वाधरुपमा सञ्चालन हुने बताए ।

उनले राउण्ड फेवा, भ्यू फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिबद्धता समेत जनाए । मुख्यमन्त्री पाण्डेले बेगनास तालमा क्रुज सीप सञ्चालन गर्ने घोषणा गरे ।

पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई बृहत ध्यान केन्द्रको रुपमा विकास गर्न ध्यानकेन्द्र निर्माण गर्ने र अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टलबस सेवा सञ्चालन गर्ने समेत उनको घोषणा छ । मुख्यमन्त्री पाण्डेले पोखरामा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलको आवश्यकता रहेको बताए । 

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button