अन्तराष्ट्रियसमाचार
रूसमा थप १६ नेपालीको मृत्युु, मृतकको संख्या ३३ पुग्यो
डाँफे खवर, काठमाडौं ।
रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए पनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ । थप मृत्यु भएसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ ।
परराष्ट्रले यसअघि नै १७ जनाको ज्यान गइसकेको जानकारी सार्वजनिक गरिसकेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?