Breaking Newsमनोरञ्जन

‘महाजात्रा’ हाँस्दाहाँस्दै रुवाउने फिल्म

डाँफे खबर, काठमाडौं ।

‘जात्रा’, ‘जात्रैजात्रा’ जस्ता चल्तीका फिल्म बनाएर चर्चामा आएका निर्देशक प्रदीप भट्टराई ‘महाजात्रा’ फिल्मका साथ फेरि आएका छन् ।

अघिल्ला फिल्मकै पात्र र अघिल्ला फिल्ममा पात्रहरूले भोगेको सास्ती र अपराधकै कथाको नयाँ भर्सन हो, ‘महाजात्रा’ । राजनीतिमा अपराध र तस्करी कसरी घुसिरहेको छ र त्यसको मूल्य सामान्य पात्रहरूले कसरी चुकाउन बाध्य भइरहेका छन् भन्ने बुझ्न ‘महाजात्रा’ काफी छ ।

मंगलबार फिल्मको प्रिमियरमा निर्देशक भट्टराईले अघिल्ला दुई फिल्म निर्माणको अनुभवले फिल्म खारिएको बताए । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत लगायतका कलाकारले अभिनय गरेका छन् ।

नेताको भूमिका निर्वाह गरेका हरिवंशले कसरी नेताहरू स्वयं अपराध गर्न बाध्य छन् र त्यसबाट मुक्तिको बाटो उनीहरूले कसरी रोज्न सक्छन् भनेर देखाएका छन् । अहिले चलिरहेको राजनीतिको जात्रा, यसमा मिसिएको अपराध र तस्करीको कथा नै फिल्ममा अनेकन् उपकथामार्फत आएजस्तो देखिन्छ ।

एकैछिनमा हाँस्ने र एकैछिनमा रुन बाध्य बनाउने जादूयी शैली देखाएर निर्देशक भट्टराईले फिल्ममा पनि आफ्नो निर्देशकीय कौशल पुष्टि गरेका छन् ।

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button