Breaking Newsखेलकुद

खेलकुदको विकासका लागि सबै मिल्नुको विकल्प नरहेको मन्त्री श्रेष्ठको भनाइ

डाँफे खबर, काठमाडौं ।

नेपाल ओलम्पिक कमिटीले नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको स्वागतमा शुक्रबार विशेष कार्यक्रम गरेको छ । कमिटीका प्रमुख पदाधिकारी तथा विभिन्न संघका अध्यक्षहरूले मन्त्री श्रेष्ठको कार्यकालको सफलताको कामना गरेका थिए ।

त्यस अवसरमा मन्त्री श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि सबै क्षेत्र मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक सम्बन्ध बढाउन र त्यसलाई मजबुत बनाउन खेलकुद सबैभन्दा उपयुक्त माध्यम भएको बताए । यस्तै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री श्रेष्ठको कार्यकालमा नेपाली खेलकुदको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

उनले खेलकुद संघहरू स्वायत्त रहेको भन्दै उनीहरूले देशको प्रचलित ऐन कानुन मान्नु पर्नेमा कुनै शंका नभएको बताए ।

त्यस अगाडि कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले कार्यक्रममा सहभागीको स्वागत गरे । यस्तै राष्ट्रिय संघहरूका प्रतिनिधित्व गर्दै नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले आफ्नो धारणा राखे । नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवि राजकर्निकारले ओलम्पिक संरचनाबारे प्रकाश पारेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button