Breaking Newsमुख्य

गगन थापाको क्षेत्र नं. ४ मा बहस गर्न तयार: गृहमन्त्री रबि

डाँफे खबर, काठमाडौं

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी कांग्रेसले नैतिकताको प्रश्न गर्न नसुहाउने बताएका छन् ।

 काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा लामिछानेले प्रमुख प्रतिपक्षी कांग्रेसले संसद्मा उठाएको सहकारी ठगीको विषयमा आफूलाई जवाफ दिन नदिएको बताए । ‘प्रतिपक्षले संसद् अवरुद्ध गरेको छ । अनेक बहाना बनाएको छ । प्रधानमन्त्रीको जवाफ मागेको थियो । प्रधानमन्त्रीको जवाफ आयो । हुँदैन प्रधानमन्त्रीको जवाफले, संसदीय समिति चाहिन्छ भनेको छ ।

गृहमन्त्रीको राजीनामा मागिरहेको भन्ने सुनिरहेको छु । म स्पष्ट पार्न चाहन्छु, काम गर्न नसकेका बेला संसद्मा या सडकमा राजीनामा माग्न पर्दैन,’ लामिछानेले भने, ‘चिर्कटोमा हालेको उजुरी, प्रहरीको ड्रअरमा बसेको उजुरीमा राजीनामा माग्ने कांग्रेस अस्तिसम्म झन्डा हल्लाएर अख्तियारमा बयान दिने मन्त्री बोकेर हिँडेको  थियो । ‘भ्रष्टाचार आरोपमा मन्त्री भएको बेला अख्तियारमा बयान दिने नै आफ्नो राजीनामा माग्दै रोष्ट्रम घेरिरहेको लामिछानेको भनाइ थियो । ‘आफू सरकारमा बसुन्जेल नैतिकता नचाहिने ।

त्यतिखेर नैतिकता देखाएर अख्तियारले बोलाएको मन्त्री निकाल्दियौं भन्नुभएको थियो भने प्रधानमन्त्रीले गलहत्याउन पर्ने थिएन,’ उनले भने । कांग्रेसले आफूलाई संसद्मा जवाफ दिन नदिएको भन्दै लामिछानेले आक्रोश पोखे । उनले कांग्रेससँग कहाँ कुरा गर्ने हो सहकारीका विषयमा त्यसको चुनौती सामना गर्न तयार रहेको बताए ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा बहस गर्न पनि तयार रहेको उनले बताए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ कांग्रेस महामन्त्री गगन थापाको क्षेत्र हो । कांग्रेसले सदनमा आफ्नो कुरा सुन्ने साहस नराखेको लामिछानेको भनाइ छ । 

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button