Breaking Newsराजनिति
रास्वपाबाट इलाम-२ मा मिलन लिम्बुको उम्मेदवारी
डाँफे खबर, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाउने भएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले इलाम-२ मा लिम्बुसहित ६ जनाले उम्मेदवार बन्ने आकांक्षा देखाए पनि बाँकी ५ जनाले लिम्बुलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । बिहीबार काठमाडौंको च:मतिस्थित केन्द्रीय कार्यालयमा भएको छलफलमा ५ जना उम्मेदवारले लिम्बुलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रतिनिधिसभातर्फ इलाम निर्वाचन क्षेत्र–२ र प्रदेशसभातर्फ बझाङको निर्वाचन क्षेत्र–१ (१) मा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको हो । एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम–२ रिक्त थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?