Breaking Newsमुख्यसमाचार

रामहरि श्रेष्ठ हत्या प्रकरणमा माओवादी नेता खाम जेल चलान

डाँफे खबर, काठमाडौं ।

रामहरि श्रेष्ठकाे हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएकाे थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् । काेटेश्वरका व्यपारी श्रेष्ठकाे ६५ सालकाे बैशाखमा चितवन शक्तिखाेरमा रहेकाे माओवादी लडाकुकाे अस्थायी शिविरकाे तेस्राे डिभिजनमा हत्या भएकाे थियाे । चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार खामले घटनामा आफ्नाे संलग्नता नरहेकाे भनेर अदालतमा इन्कारी बयान दिएका थिए ।

‘तर जाहेरी परेकाे र माैकामा घटना विवरण कागज लेखाउनेहरूले दिएकाे विवरण, पाेष्टमार्टम रिपाेर्ट, मुचुल्का कागज लगायत तत्काल उपलब्ध प्रमाणले खामकाे संलग्नता नरहेकाे भनेर अहिल्यै भन्न सकिने अवस्था नहरेकाे हुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमाेजिम हुने गरी अहिलेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाे हो,’ स्रेस्तेदार आचार्यले भने ।

खाम त्याे बेला तेेस्राे डिभिजनका कमाण्डर रहेका थिए । रामहरि श्रेष्ठकाे काेटेश्वरमा रहेकाे घरमा तेस्राे डिभिजनकाे सम्पर्क कार्यालय थियाे । कार्यालयबाट १७ लाख रूपैयाँ नगद र हतियार हराएपछि साेधपुछ छानबिनका लागि भनेर श्रेष्ठलाई शक्तिखाेर ल्याइएकाे थियाे । शिविरभित्रै श्रेष्ठकाे कुटपिटबाट हत्या भएकाे पुष्टि भएपछि श्रेष्ठकी श्रीमती रमिलाले खामसहित अर्का कमाण्डर गाेविन्दबहादुर बटला, केशव अधिकारी र गंगाबहादुर थापा लगायतविरुद्ध जाहेरी दिएकी थिइन् ।

याे मुद्दामा बटला आफैँ प्रहरीमा उपस्थित भएर ६८ सालमा तीन वर्षकाे कैद सजाय पाए पनि अरू काेही पक्राउ परेका थिएनन् । खामलाई मंगलबार प्रहरीले काठमाडाैंमा पक्राउ गरेर चितवन ल्याएकाे थियाे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button