Breaking Newsसमाचार

मिडिया काउन्सिल विधेयक पारित भएपछि प्रेस काउन्सिल भनिरहनुपर्दैन: मन्त्री शर्मा

डाँफे खबर, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको बताएकी छन् । 

आइतबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसद्‌मा दर्ता गर्न लागिएको बताए । उनले सो विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको समेत जानकारी दिइन् ।

मन्त्री शर्माले मिडिया काउन्सिल विधेयक नै आउन लागेपछि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा प्रेस काउन्सिल नेपालसँग सम्बन्धित दफाहरुमा कुनै निर्णय गर्न आवश्यक नभएको समेत बताइन् । उनले मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिलको अध्यक्ष हुने व्यक्तिको योग्यता सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति हुनुपर्ने अथवा मिडिया क्षेत्रमा विशिष्ट योगदान गरेको व्यक्ति हुनुपर्ने भनेर उल्लेख गरिएको जानकारी दिइन् । 

‘मिडिया काउन्सिल सम्बन्धी ऐन संसद्‌मा दर्ता गर्ने तयारीमा छौँ । मन्त्रिपरिषद्को विधेयक समितिबाट पनि यो पारित भइसकेको छ । विधेयक समितिको संयोजक गृहमन्त्री हुनुहुन्छ,’ उनले भनिन्, ‘मिडिया काउन्सिलले समेटिसकेपछि प्रेस काउन्सिलमा संशोधन आवश्यक हुन्छ कि हुन्नँ त्यो कुरामा छलफल गरौँ । मिडिया काउन्सिल विधेयक संसद्‌मा आएर पारित भएपछि मिडिया काउन्सिल नै बन्ने भएको हुनाले प्रेस काउन्सिल भनेर फेरि भनिरहनु जरुरी हुँदैन कि जस्तो मलाई लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button