Breaking Newsसमाचार

आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति तोडफोडको बिल भराउने: गृहमन्त्री लामिछाने

डाँफे खबर, काठमाडौं ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आन्दोलनका नाममा भएको सार्वजनिक सम्पत्ति तोडफोडको क्षति भराउने बताएका छन् ।

 उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सरकारको सम्मान रहेको भन्दै आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिको तोडफोड गर्न भने नपाइने बताए । ‘यो लोकतन्त्रको सौन्दर्य हो। तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन।

त्यसैले आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ,’ शुक्रबार निषेधाज्ञा हटाएको जानकारी दिँदै गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालबाट भनेका छन्, ‘मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ।’

सरकारले काठमाडौंका माइतीघर-बानेश्वर क्षेत्रमा दुई महिनादेखि लगाएको निषेधाज्ञा शनिबारदेखि हटाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button