Breaking NewsHighlightsमुख्यराजनितिसमाचार

ठूला दल मिल्दैमा देशको विकास हुने भन्ने हुदैंन- प्रवक्ता महत

डाँफे खबर, काठमाडौं

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री प्रकाश शरण महतले ठूला राजनीतिक दल मिल्दैमा देशको विकास नहुने बताएका छन् ।

हाल दुई ठूला राजनीतिक शक्तिहरु मिलेर बनेको सरकारले पनि जनताका गुनासालाई अपेक्षाकृत रुपमा सम्बोधन गर्न नसकेको धारणा उनले व्यक्त गरे ।

प्रेस युनियन दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै महतले देश विकासका लागि आर्थिक स्रोत नै महत्वपूर्ण हुने विचार व्यक्त गरे । ‘ठूला दल मिल्दैमा देश बनीहाल्ने हुँदैन,’ उनले भने, ‘स्रोत साधन बलियो हुनुपर्छ ।’

सडकमा चलिरहेको शिक्षक आन्दोलन, गर्भनर नियुक्ति, सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको गुनासो उनले गरे ।

सरकारले चाहे अनुसार काम गर्न नसक्दा जनतामा निराशा बढेको उल्लेख गर्दै उनले नेताहरूले स्रोत साधनभन्दा बढी आश्वासन बाँड्दा पनि निराशा बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
1
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button