अन्तराष्ट्रियमनोरञ्जनसमाचार

अस्कर-२०२४ मा ‘ओपेनहाइमर’ हाबी, जित्यो ७ अवार्ड

डाँफे खबर, २८ फागुन ।

एकेडेमी अवार्ड्स(अस्कर अवार्ड्समा) क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’ दबदबा रह्यो । १३ विधामा मनोनयनमा परेको  ‘ओपेनहाइमर’ ले ७ विधामा अवार्ड हात पार्‍यो ।

‘ओपेनहाइमर’ यस वर्षको सर्वोत्कृष्ट फिल्म बन्न सफल भयो ।सर्वोत्कृष्ट फिल्मका लागि ‌’ओपेनहाइमर’ सँगै ‘अमेरिकन फिक्सन’, ‘एनाटोमी अफ फल’, ‘बार्बी’, ‘द होल्डोभर्स’, ‘किलर्स अफ द फ्लावर मून’, ‘माएस्ट्रो’, ‘पास्ट लाइभ्स’, ‘पुअर थिंग्स’ र ‘द जोन अफ इन्ट्रेस्ट’ फिल्म मनोनयनमा परेका थिए ।

क्रिस्टोफर नोलनले ‘ओपेनहाइमर’ का लागि सर्वोत्कृष्ट निर्देशकको अवार्डसमेत हात पारे । उनलाई चर्चित अमेरिकी फिल्म निर्देशक स्टिभन स्पिलबर्गले अवार्ड दिएका थिए ।

त्यस्तै किलियन मर्फीले सर्वोत्कृष्ट अभिनेता र रोबर्ट डाउनी जुनियरले सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड हात पारे । होयते वान होयतेमाले सर्वोत्कृष्ट सिनेमटोग्राफीको अवार्ड जित्दा जेनिफर लेमले सर्वोत्कृष्ट फिल्म सम्पादनको अवार्ड जितिन् ।

त्यस्तै ‘ओपेनहाइमर’ बाटै लुडविग गोरान्सनले सर्वोत्कृष्ट मौलिक संगीतको अवार्ड हात पारे । यस वर्ष सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड भने ‘पुअर थिंग्स’ बाट एम्मा स्टोनले हात पारिन् ।  ‘पुअर थिंग्स’ ले प्रोडक्सन, कस्ट्युम डिजाइन र मेकअपतर्फ पनि अवार्ड हात पार्न सफल भयो ।

त्यस्तै यस वर्ष ‘बार्बी’ बाट बिली एलिसले ‘ह्वाट वाज आई मेड फर’ का लागि उत्कृष्ट मौलिक गीतको अवार्ड हात पारिन् । 

अवार्डको पूरा सूची

सर्वोत्कृष्ट फिल्म : ओपेनहाइमर सर्वोत्कृष्ट अभिनेता : किलियन मर्फी(ओपेनहाइमर सर्वोत्कृष्ट सहअभिनेता : रोबर्ट डाउनी जुनियर (ओपेनहाइमर) सर्वोत्कृष्ट अभिनेत्री : एम्मा स्टोन(पुअर थिंग्स) सर्वोत्कृष्ट सहअभिनेत्री : डे’भाइन जो र्‍यान्डल्फ(द होल्डोभर्स) सर्वोत्कृष्ट निर्देशक : क्रिस्टोफर नोलन (ओपेनहाइमर) सर्वोत्कृष्ट एनिमेटेड फिचर फिल्म : द ब्वाय एन्ड द हेरोन सर्वोत्कृष्ट रूपान्तरित पटकथा : अमेरिकन फिक्सन सर्वोत्कृष्ट मौलिक पटकथा : एनाटमी अफ फल सर्वोत्कृष्ट सिनेमटोग्राफी : ओपेनहाइमर सर्वोत्कृष्ट वृत्तचित्र फिचर फिल्म : ट्वान्टी डेज इन म्यारियोपोल सर्वोत्कृष्ट लघु वृत्तचित्र : द लास्ट रिपेयर सप सर्वोत्कृष्ट फिल्म सम्पादन : ओपेनहाइमर सर्वोत्कृष्ट अन्तराष्ट्रिय फिचर फिल्म : द जोन अफ इन्ट्रेस्ट सर्वोत्कृष्ट शृंगार र केससज्जा : पुअर थिंग्स सर्वोत्कृष्ट मौलिक ध्वनि : ओपेनहाइमर सर्वोत्कृष्ट मौलिक गीत : ह्वाट वाज आई मेड फर, बिली एलिस(बार्बी) सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन : पुअर थिंग्स सर्वोत्कृ्ष्ट एनिमेटेड सर्ट फिल्म : वार इज ओभर ! इन्सपायर्ड बाई त म्युजिक अफ जोन एन्ड योको  सर्वोत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म : द वन्डरफुल स्टोरी अफ हेनरी सुगर सर्वोत्कृष्ट ध्वनि : द जोन अफ इन्ट्रेस् सर्वोत्कृष्ट भिजुअल इफेक्ट्स : गोडजिला माइनस वान

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button