Breaking Newsराजनितिसमाचार

कुआचरण भएकाहरूको कैद मिनाहा हुन्न- गृहमन्त्री लामिछाने

डाँफे खबर, काठमाडौं ।

गृहमन्त्री रवि लामिछानेले  शक्ति र पहुँचका आधारमा कसैको कैद माफी मिनाहा नहुने बताएका छन् ।

बाँकेको नौबस्तास्थित क्षेत्रीय कारागार भवनको उद्घाटन गर्दै राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानुनबमोजिम माफी मिनाहा हुने सुनाए । ‘तपाईंले आफनो आचरण हेर्ने हो कहाँ शत्ति केन्द्र छ भन्दै परिवारलाइ दौडाउने दिनको अन्त्य गर्छौं ’,कैदीबन्दीको क्षमता अनुसार उनीहरुलाई  सीपमुलक कार्यक्रम बनाइने छ ।

कारागारबाट निस्किएपछि  सामाजिक पारिवारिक जीवन सिर्जना गर्ने वातावरण बनाइने छ ,’उनले भने ,‘कैदी जीवनपछि पनि एउटा असल नागरिक भइ जिम्मेवारी पूर्वक बाँच्न पाउनु सबैको अधिकार हो । ’नेपालगञ्ज कारागारमा तेब्बर कैदीबन्दी रहेको अवस्थामा क्षेत्रीय कारागार ले कारागारमा हुने चापलाई व्यवस्थापन गरेको बताए ।

दरबन्दी स्वीकृत भएसँगै उक्त कारागारमा नेपालगञ्जस्थित कारागारका केही कैदी र अन्य जिल्लाबाट थप कैदी स्थान्तरण गरि सञ्चालन गर्ने तयारी कारागार व्यवस्थापन विभागको छ । कारागार भित्र मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कारागारमा आधारभूत स्वास्थ्य, शिक्षा जस्ता विषयहरुमा सरकारले व्यवस्था गर्ने बताए ।

उनले जसको कोही हुँदैनन् त्यसको सरकार हुने बताउँदै सामान्यतया कारागार जीवन बिताएर घर फर्केकाहरुको पुनर्स्थापनामा समस्या हुने गरेको त्यस विषयमा सरकार संवेदनशील रहेको बताए । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रत्न खत्री, आन्तरिक मामिलामन्त्री दिनेश पन्थी लगायत बोलेका थिए ।

साढे ९ बिघा क्षेत्रफलमा निर्मित उक्त क्षेत्रीय कारागारलाइर्उ एउटा ब्लकमा १ हजार जना कैदीबन्दी रहनसक्ने गरि ४ वटा ब्लकमा निर्माण गरिएको छ । तीन हजार क्षमताको सो क्षेत्रीय कारागारमा   अहिले एक सय ३० कैदीबन्दीहरु रहेका छन् ।

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button