अर्थपूँजी बजार

बुटवल पावर, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौ, १८ पुस । आज पुस १८ गते बुधबार ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यस दिन बुटवल पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट करसहित ५५ नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यसैगरी, शिवम् सिमेन्ट्सले गत वर्षको नाफाबाट प्रतिशत १४.२५५ बोनस सेयर र कर तिर्न ०.७५५ नगद लाभांश वितरण गर्दै छ ।

उक्त लाभांश पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ । 

साथै, ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहित १०५ नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ । सभा बेस्ट रिर्सोट नेपाल लेकसाइड, पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

यी ३ वटै कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button