अर्थबैंकिङ

लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौ, १८ पुस । आज पुस १८ गते बुधबार लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

लक्ष्मी सनराइज बैंकले शेयरधनीहरुलाई ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७५ बोनस सेयर र कर प्रयोजनका लागि ०.३७५ नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अग्रवाल भवन,कमलपोखरी काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button