अर्थ
नेपाल टेलिकम लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौ, १८ पुस । आज पुस १८ गते बुधबार नेपाल टेलिकम लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
नेपाल टेलिकमले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४०५ नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ ।
कम्पनीको सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् ।
तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?