Uncategorized

नेकपा एसको निर्णय, प्रचण्ड सरकारमा सहभागी हुने

डाँफे खबर, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने निर्णय गरेको छ । भर्खरै सम्पन्न माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको सचिवालय बैठकले प्रचण्ड सरकारमा सहभागी हुने निर्णय लिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।  

हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ लिएर नेपाल निवास पुगेका थिए ।

एमाले र माओवादीका शिर्ष नेताले नयाँ गठबन्धनमा सहभागी हुनका लागि अध्यक्ष नेपाललाइ आग्रह गरेका थिए तर अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने भन्दै कुनै निर्णय दिएका थिएनन । 

तर, आज प्रधानमन्त्री प्रचण्डलाइ भेटन वालुवाटार पुगेका सम्मानित नेता झलनाथ खनाले भने प्रचण्ड सरकारमा जान पार्टी सकारात्मक रहेको जनाउँदै पार्टीमा निर्णय गराउने बचन दिएका थिए । सोही कारण पनि नेकपा एसले प्रचण्ड सरकारमा जाने निर्णय लिएको हो ।
 

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button