राजनिति

राष्ट्रिय सभा अध्यक्ष चुनावका कारण गठबन्धन फेर्नुपर्यो: प्रधानमन्त्री

डाँँफे खबर, काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका कारण चाँडो सत्तारूढ गठबन्धन दलहरू फेर्नुपर्ने दबाब परेको बताएका छन् ।

माओवादी संसदीय दलको शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको कारण तत्काल राजनीतिक निर्णय लिनुपरेको बताएका हुन् ।कांग्रेसको महासमिति बैठकले राजनीतिक गठबन्धन फेर्नुपर्ने कुरालाई जोड दिएको बताएका दाहालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनले थप दबाब पुगेको सांसदहरूलाई बताएका हुन् ।

‘प्रधानमन्त्रीले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको कारणले यो निर्णय चाँडै लिन दबाब पर्‍यो भन्नुभयो,’ माओवादीका एक सांसदले भने । राष्ट्रिय सभा अध्यक्ष निर्वाचन फागुन २९ मा गर्ने तयारी भइरहेको छ । त्यसमा सत्तारूढ गठबन्धनबाट माओवादीले उम्मेदवारी दिने सहमति भएको छ ।

नयाँ सत्तारूढ गठबन्धनमा माओवादीसँगै एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी छन् । त्यस्तै, कांग्रेस महासमिति बैठकले सत्ता गठबन्धनलाई गम्भीर परिस्थितिमा पुर्‍याएको दाहालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button