राजनिति

पुर्वउपराष्ट्रपति तथा वर्तमान अर्थमन्त्री पुनका छोराद्धयमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

२७ फागुन, डाँफे खबर, काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराहरूलाई अनुसन्धान गर्न भनेका छन्।

छोराद्धय जितेन्द्र पुन र दिपेश पुनमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।गृह मन्त्रालय स्रोतका अनुसार केहीबेर अघि लामिछानेले प्रहरी महानिरीक्षक वसन्त कुुँवरलाई सुन तस्करी प्रकरणमा संलग्न पुनद्वयलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएका हुन् । पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्रले चिनियाँ कारोबारीबाट तमसुक गरी चार वर्षअघि अवैध सुन ल्याएको प्रमाणसहितको सामग्री आइतबार कान्तिपुरमा प्रकाशित भएको थियो । 

प्रकाशित सामग्रीलाई आधार बनाएर गृहमन्त्री लामिछानेले यससम्बन्धी घटनाको गम्भीर अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । 

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button