मुख्यसमाचारसमाजस्वास्थ

काठमाडौंका फार्मेसीमा म्याद गुज्रेका हानिकारक औषधी बिक्री वितरण: उपमेयर डंगोल

२८ फागुन, डाँफे खबर, काठमाडौं।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले औषधि बिक्रेताहरुलाई आम उपभोक्ताको सुरक्षामा ध्यान दिन आग्रह गरेकी छन् । काठमाडौंका धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकहरुमा म्याद गुज्रिएको औषधि र भ्याक्सिनहरु बिक्री गरेको पाइएको भन्दै उनले आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने काम नगर्न सचेत गराइन् ।

बिक्रेताहरुले आम उपभोक्ताको विश्वास जित्ने गरी बिक्री वितरणको काम गर्नुपर्ने उनको भनाइ थियो । नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले शनिबार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उपमेयर डंगोलले मान्छेको स्वास्थ्यको माथि गम्भिर असर पुग्ने कुरालाई मनन गरेर अघि बढ्न पनि सबै औषधि विक्रेताहरुको ध्यानाकर्षण गराइन्।

उनले आम उपभोक्ताको विश्वास जित्ने गरी आफ्नो व्यवसायी अघि बढाउन पनि औषधि विक्रेताहरुलाई अनुरोध गरिन्। त्यसका लागि महानगरपालिकाकाले औषधि व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उपमेयर डंगोलले बताइन् ।

‘हामीले अस्पतालको साथसाथै औषधिको पनि हामीले फार्मेसीहरुको पनि अनुगमन गरिरहेका छौं । र, फार्मेसीमा अनुगमन गरिराख्दाखेरी अहिले पाइएको रिफ्लेक्शन चाहीँ के रहेको छ भने त्यो निकै खुशी लाग्दो चाहीँ छैन् डरलाग्दो छ । अनुगमन सकिएर रिपोर्टिङहरु हेर्न थालिसकेपछि २ हप्ताको रिर्पोट हेरिसकेपछि तर्सिने अवस्था देखिएको छ,’ उनले भनिन्, ‘धेरै फार्मेसीहरुमा डेट एक्पाएर औषधि बेचिराखेको पाइएको छ ।

धेरै फार्मेसीमा त्यसको लाइसेन्स लिने व्यक्ति एक जना, औषधि दिने मान्छे अर्को हुने गरेको पाइएको छ ।’उनले त्यसबारे ज्ञान नै नभएका व्यक्तिहरुले औषधि बिक्री बितरण गरिरहेको भन्दै आपत्ति जनाइन् ।

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button