मुख्यराजनितिसमाचार

प्रतिनिधिसभाको ईलाम-२ मा उम्मेदवार उठाउने तर प्रदेशसभाकोमा नउठाउने: रास्वपा

डाँफे खबर, काठमाडौं ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने भएको छ । प्रदेश सभा उपनिर्वाचनमा भने भाग नलिने रास्वपाले निर्णय गरेको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ भने सुदूरपश्चिम प्रदेश सभाका बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा भने उम्मेदवार नउठाउने निर्णय गरेको छ ।रास्वपा सहप्रवक्ता प्रतिभा रावलका अनुसार पार्टीले उपनिर्वाचनका विषयमा निर्णय गरेको हो । ‘इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने निर्णय केन्द्रीय समितिले गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभाका लागि बझाङमा हुने उपनिर्वाचनमा भने सहभागी नहुने निर्णय भएको छ,’ उनले भनिन् । इलाम २ बाट निर्वाचित एमालेका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको थियो भने सुदूरपश्चिम प्रदेश सभा सदस्य बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकाले त्यहाँ सिट रिक्त भएको थियो ।

यी दुवै क्षेत्रमा आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदैछ ।रास्वपा केन्द्रीय समितिले सरकारमा गएपछि मन्त्रीहरूको आवधिक कार्यसम्पादन गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै, सरकारका काममा सहयोग गर्न टीम पनि चयन गरिएको छ । त्यस्तै, रास्वपाले जनसम्पर्क विभाग पनि गठन गरेको छ । विभागको प्रमुखको जिम्मेवारी इश्रा मुल्ला मियालाई तोकिएको छ । केन्द्रीय अनुशासन आयोगमा दुई सदस्य पनि थप्ने निर्णय रास्वपा केन्द्रीय समितिले गरेको छ । 

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button