चर्चित रक ब्यान्ड ‘१९७४ एडी’को फेसबुक पेज ह्याक

डाँफे खबर, काठमाडौं।
चर्चित रक सांगीतिक समूह ‘१९७४ एडी’ को आधिकारिक फेसबुक पेज साइबर आक्रमणको निशानामा परेको छ ।
आफूलाई बंगलादेशी मुस्लिम ह्याकरहरूको समूह बताउने ‘साइबर क्रिमिनल फोर्स’ ले मंगलबार साँझ ९ बजेतिर ब्यान्डको फेसबुक पेज कब्जामा लिएको देखिन्छ । झण्डै १ लाख २१ हजार फलोअर रहेको ब्यान्डको पेजमा आफूलाई ह्याकर बताउने समूहले गएको एक घण्टामा बंगाली र अङ्ग्रेजी भाषामा ३२ वटाभन्दा बढी पोस्ट गरिसकेको छ । के
ही समय फेसबुक लाइभसमेत गरेका ह्याकरहरूले कभर फोटो र डिस्प्ले इमेजसमेत परिवर्तन गरेको देखिन्छ । ह्याकरहरूले १९७४ एडीको पेजबाट आफूलाई फलोसमेत गरेका छन् भने पेजको वालमा जथाभावी पोस्ट गरिरहेका छन् ।
यस विषयमा ब्यान्डका सदस्यले हालसम्म कुनै प्रतिकृया दिएका छैनन् । ब्यान्डमा निराकर याकथुम्बा, मनोज कुमार केसी, सञ्जय श्रेष्ठ लगायत सदस्यहरू आबद्ध छन् ।