राजनिति

गाेली र बन्दुकलाई शासन चलाउने आधार बनाए विद्रोह हुने चेतावनी-ठाकुर

०३ चैत, डाँफे खबर।

लाेकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गाेली र बन्दुकलाई शासन चलाउने आधार बनाए विद्रोह हुने चेतावनी दिएका छन् । शनिबार महाेतरीकाे मटिहानीमा सहिद केशव काेइरालाकाे प्रतिमा अनावरण गर्दै अध्यक्ष ठाकुरले नेपालमा लाेकतन्त्र र गणतन्त्र आएपनि चालचलन गाेर्खाली जस्ताे भएकाे टिप्पणी गरेे । 

कार्यक्रममा सहभागी प्रदेश सांसदहरुलाई अपमान गरिएकाे भन्दै चालचलन सुधार नभए विद्रोह हुने चेतावनी दिए । 

मञ्चमा रहेका राष्ट्रपति रामचन्द्र पाैडेललाई सुनाउँदै ठाकुरले संविधान संशोधन आवश्यक रहेकाे बताए ।’संविधानकै कारण राजनीति अस्थिर बनेको छ,’ उनले भने, ‘५/६ महिनामै भइरहेको सरकार फेरबल राेक्न संविधान संशोधन आवश्यक छ ।’ 

उनले लोसपाका नेता कार्यकर्तामाथि लगाइएको झुटा मुद्दामा जन्मकैदको सजायले न्यायालयमाथिको विश्वास घटेको बताए । 

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button