काङ्ग्रेस सांसद बिनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीको निर्देशन

डाँफे खबर, काठमाडौं ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका छन् । उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरकी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख श्याम ज्ञवालीलाई उक्त निर्देशन दिएका हुन् ।
गृहमन्त्री लामिछानेका प्रेस संयोजक प्रमोद न्यौपानेका अनुसार निर्देशनपछि चौधरीको बयान लिइने भएको छ । ‘उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा, सरकार मात हत ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिए का छन् ।
सो का लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने भएको छ,’ न्यौपानेले जानकारी दिए ।बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा केही पहिले विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका थिए । र हाल, उनलाई धरौटीमा छोडिसकेको छ ।