Breaking Newsमुख्य

राष्ट्रिय स्वतन्त्र पार्टीको मिसन भ्रष्टाचार अन्त्य: श्रममन्त्री अर्याल

डाँफे खबर, काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्यालले रास्वपाको मिसन बेथितिविरुद्धमा काम गर्ने रहेको बताए ।

उनले रास्वपाको मिसन सुशासन कायम गर्नु पनि रहेको बताए । भ्रष्टाचार अन्त्य, बेथितिविरुद्धको काम र सुशासन कायम भएसँगै देश समृद्ध बन्ने उनको भनाइ छ। ‘रास्वपाको मिसन बेथितिविरुद्धमा काम गर्ने । साथै भ्रष्टाचार कसरी अन्त्य गर्न सकिन्छ भन्ने नै हो ।

त्यसकारण सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । हाम्रो योभन्दा बढी मिसन खासै छैन । त्यति गर्नेबित्तिकै यो देश समृद्ध हुन्छ । समुन्नत हुन्छ, जनताले राहत पाउँछन्, जनताले राज्य र सरकार भएको महसुस गर्दछन्,’ उनले भने । उनले जनताले राज्य र सरकार भएको महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button