Breaking Newsमुख्य

सहकारी ठगीमा गृहमन्त्री लामिछानेबारे कुनै तथ्य प्रमाण नभेटेको महानिरीक्षक कुँवरको भनाई

डाँफे खबर, काठमाडौं ।

सहकारी ठगीको विषयमा गृहमन्त्री लामिछानेबारे पोखरामा ठाडो उजुरी आएको तर तथ्य र प्रमाण नभएको नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा महानिरीक्षक कुँवरले पोखरामा ठाडो उजुरीमा रवि लामिछानेको नाम पनि रहेको तर तथ्य र प्रमाण नरहेको स्पष्ट पारे । 

सहकारी समस्या पछिल्लो समय व्यापक रूपमा आइरहेको र सहकारी विभागको सिफारिसमा मुद्दा चलाइरहेको भनेपछि महानिरीक्षक कुँवरले पोखरामा रवि लामिछानेको विरुद्धमा ठाडो उजुरी आएको बताएका हुन् । ठाडो उजुरीमा नाम रहेकाहरू कानुनी दायरामा पर्ने अवस्था नरहेको पनि कुँवरले बताए ।

‘ठाडो उजुरीको रूपमा कानुनी दायरमा पार्ने अवस्था छैन । सांकेतिक रूपमा आएको छ, रवि लामिछानेको नाममा त्यसमा कुनै तथ्य, प्रमाण आएको छैन,’ महानिरीक्षक कुँवरले भने । ठाडो उजुरीमा तथ्य नआएको महानिरीक्षक कुँवरले दोहोर्‍याएका थिए ।

महानिरीक्षक कुँवरले सहकारीको समस्या व्यापक भएको पनि बताए । सहकारीका कारण कतिपयको आर्थिक अवस्थामा समस्या आएको उनले बताए । सहकारी समस्या समाधान गर्नका लागि माथिल्लो तहबाट नै नीतिगत रूपमा विभिन्न काम भएको बताए ।पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक जीबी राईलाई पक्राउ गर्न प्रयत्न भए पनि सफल हुन नसकेको कुँवरले बताए । उनले जीबी राई मलेसियामा रहेको र उक्त देशसँग सुपुर्दर्गी सन्धि नभएकाले ल्याउन समस्या भइरहेको बताए ।

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button