Breaking Newsमुख्यराजनिति

एसईईमा चिट चोराइनु सिडियो, एसपी र निरीक्षकको दोष हो, नकि मधेसको: रास्वपा सांसद झा

डाँफे खबर, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले मधेश प्रदेशमा एसईईमा चिट चोरिएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारीहरू, एसपीहरू र निरीक्षकले लिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा एसईईमा चिट चोराइएको र आम मधेशलाई दोष दिइएको भन्दै मधेशलाई दोष नदिन आग्रह गरेका हुन् ।

उनले सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरूले चिट चोर्न छुट दिएको भन्दै चिट चोराउनुमा मधेशको कुनै दोष नभएको बताएका छन्  ।उनले भने, ‘मधेशले पहाडलाई पढाउनको लागि कुनै बेला उक्लिने गर्थ्यो । तर अहिले मधेश आफैँ एसईई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेहरूको चपेटामा पर्दै छ । यसको दोष मधेशले किन खेप्दैछ ? काठमाडौंमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेश झरौँ न त्यहाँ बनिहाल्छ । कोही एसईई पास हुन सकेन भने मधेश झरौँ त्यहाँ पास भइहाल्छ भन्ने कुरा । तर त्यसको इमेजको कस्ट मधेशले तिरिराखेको छ । त्यो हामीले किन तिर्ने ? किनकी यहीँबाट खटाइएको सिडिओ, एसपी, निरिक्षक सबै अधिकारीहरूले छुट दिइराखेको छ, त्यसको मूल्य मधेशले तिरिराखेको छ । तर यसको दोष हामी मधेशी होइनौँ, यसको दोष केन्द्रबाट खटाइने सिडिओ, एसपी र अरु अधिकारीहरू हुन् ‘ उनले भने ।

उनले सरकारले मधेशमा भएको परीक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले परीक्षालाई आवश्यक पद्धति र कडाइका साथ परिक्षा गर्न आग्रह गर्दै मधेशलाई दोष नदिन आग्रह गरे । उनले भने, ‘त्यसैले यहाँ सबैको ध्यानाकर्षण गराउन चाहन्छु, मधेशमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिइयोस् । आवश्यक विधि, पद्धति र कडाइका साथ परिक्षा गरियोस् । ताकि यसको मूल्य भविष्यमा मधेशले तिर्नु नपरोस् ।’ उनले आगामी दिनमा सम्बन्धित अधिकारीको त्रुटिका कारण त्यसको मूल्य मधेशले नतिर्ने पनि स्पष्ट पारे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button