Breaking Newsमनोरञ्जनसमाचार

मदिरा खाएर होहल्लापछि पक्राउ परेका गायक राई छुटे

डाँफ खबर काठमाडौं ।

सडकमा होहल्ला गरेको अभियोगमा पक्राउ परेका गायक राजेश पायल राई छुटेका छन् ।

रक्सी पिएर सडकमा होहल्ला गरेको आरोपमा प्रहरीले राईसहितलाई बिहीबार बिहान २ बजेतिर नयाँ बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रही परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार स्थानीयले गायक राईलगायतको समूहले सडकमा होहल्ला गरेको गुनासो गरेका थिए ।

त्यसपछि गायक राईसहित केहीलाई नियन्त्रणमा लिइएकोमा अहिले आफन्तको जिम्मा लगाएको एसपी अधिकारीले जानकारी दिए । गायक राईलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button