Breaking Newsअर्थपूँजी बजारराजनितिसमाचार

सहकारी संचालकहरूको जायजेथा बेचेर भएपनि बचत फिर्ता हुन्छ: गृहमन्त्री लामिछाने

डाँफे खबर, काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको बचतकर्ताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् ।

सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न कानुनी अड्चन आएमा अध्यादेश ल्याएर भएपनि समस्या समाधान गरिने लामिछानेको भनाइ छ । इलामको चुलाचुलीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले अध्यादेशमार्फत कानुन ल्याएर भएपनि सहकारी पीडितको रकम फिर्ता गरिने बताएका हुन् ।

‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानुन ल्याएर भएपनि जनताको बचत फिर्ता गरिन्छ,’ लामिछानेले भनेका छन्, ‘सञ्चालकको जायजेथा बिक्री गर्न कानुन अभाव भनिएको छ, यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ ।’

उपप्रधान तथा गृहमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सहकारी संचालकको सम्पत्ति बिक्री गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गराउन आफू लागिपरेको लामिछानेले बताएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button