Breaking NewsHighlightsमुख्यसमाचार

न्युरोडको फुटपाथ विस्तार गर्न लाग्दा स्थानीयद्वारा अवरोध, अवस्था तनावग्रस्त

डाँफे खबर, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेपछि स्थानीयहरू विरोधमा उत्रिएका छन् ।

उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको बाटोमा सडक काट्न सुरु गरेको थियो । त्यस्तै महानगरले जुद्ध शालिकदेखि दक्षिणतर्फको धर्मपथमा पनि फुटपाथ विस्तार गर्ने तयारी गरेपछि स्थानीयहरू विरोधमा उत्रिएका हुन् ।

पैदलमार्ग विस्तारको विरोधमा वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन र वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन पनि सडकमा आएका छन् । अहिले त्यहाँको अवस्था तनावग्रस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button