Breaking NewsHighlightsबिशेषमुख्यराजनितिसमाचार
रौतहट जिल्लाको पालिकाका मेयरले उपनिर्वाचनमा पदको दुरुपयोग गर्दै

डाँफे खबर, काठमाडौं ।
रौतहट जिल्लाको एक पालिकाका मेयरले यहीं मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा आफ्नो पदको दुरुपयोग गरिरहेको भेटिएको छ ।
उपनिर्वाचन नजिकिदैं गर्दा अरू प्रदेशजस्तै मधेस प्रदेशमा पनि उत्तिकै चुनावी सरगर्मी बढेको छ । जसमा रौतहट जिल्लाको एक पालिकाका मेयरले त आफ्नो पदको ख्यालै नगरी सहभागी भएको भेटिएका छन् । माधवनारायण नगरपालिकाका मेयर बैजनाथ यादव उर्फ बैजुले आइतबार गढीमाई नगरपालिका वडा ८ को उम्मेदवारलाई उम्मेदवारी दर्ता गराउन जाँदै गरेको तस्बिरमा प्रष्ट देखिन्छ ।
यसरी कार्यालय चलिरहेको बेला नै मेयर यादव आफ्नो ‘अफिस’ छाडेर पदको दुरुपयोग गरी उपनिर्वाचनमा सहभागी भएको भेटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
1