Breaking NewsHighlightsअर्थमुख्यसमाचार

अनधिकृत नक्स पास गरेपछि महानगरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंंलाई निलम्बन

डाँफे खबर, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निलम्बन गरेका छन् । आधिकारिक प्रकिया पूरा नगरी नक्सा पास गरेको भन्दै महानगरले प्रशासकीय अधिकृत गुरागाईंमाथि निलम्बन गरी छानबिन अगाडि बढाउने तयारी गरेको छ । 

नियमित प्रक्रियाभन्दा बाहिर गएर महत्त्वपूर्ण ठाउँको नक्सा पास गरेका कारण उनीमाथि छानबिन अगाडि बढाइएको महानगर प्रवक्ता नवीन मानन्धरले बताए । ‘स्वाभाविक प्रक्रियालाई बाइपास गरेर उहाँले रत्नपार्कस्थित पुरानो बसपार्कको काठमाडौं टावरको नक्सा पास गरेको पाइयो । उहाँले तीन दिनअघि उक्त भवनको नक्सा पास गर्नुभएको रहेछ । त्यसैले उहाँ नै यसको आधिकारिक व्यक्ति हो कि उहाँभन्दा माथि अरु कोही पनि छ कि भनेर हामीले छानबिन अगाडि बढाएका हौँ,’ उनले भने ।

नक्सा पास तत्काललाई कार्यान्वयन नगर्न भनेर सम्बन्धित व्यक्तिलाई समेत जानकारी गराइसकेको प्रवक्ता मानन्धरले जानकारी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button