Breaking NewsHighlightsअर्थबिशेषमुख्यसमाचार
प्रतिनिधिसभाको लेखा समिति सभापतिका स्वकीय सचिवविरुद्ध ठगीमा पक्राउ पुर्जी जारी
डाँफे खबर, काठमाडौं ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
मोरङ जिल्ला अदालतले मोरङ प्रहरीलाई सोमबार पोखरेललाई पक्राउ गर्न अनुमति दिएको हो । मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पोखरेलविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरेको बताए ।
पोखरेलले एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको सार्वजनिक भएको छ ।
एमबीबीएसको प्रवेश परीक्षामा छोरीलाई उत्तीर्ण गराइदिने र होस्टलमा राख्ने वातावरण बनाइदिने आश्वासन दिएर अनिलले सप्तरीका बौआलाल चौधरीबाट २०७१ देखि ०७३ का बीचमा पटकपटक गरेर ३८ लाख ८० हजार लिएको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?