Breaking NewsHighlightsबिशेषमुख्यराजनितिविचारसमाचार

मेयर सिंहलाई भेट्न जाँदा मिटिङ-मिटिङ भन्दै पत्रकारलाई घन्टौं कुराएपछि

डाँफे खवर, काठमाडौं ।

आफूलाई विकासप्रेमी कहलिने बिरगंज महानगरपालिका मेयर राजेशमान सिंहलाई भेट्न प्रमुखकै कार्यकक्षमा जाँदा घन्टौं कुर्न लगाएर पनि नभेटेपछि अन्ततः वाक्क-दिक्क भएर फर्कनुको विकल्प हुदों रैन्छ भनेर फर्किनुपर्यो ।


यसको ज्वलन्त उदाहरण हिजो माघ ३ गते डाँफे खबरको संचारकर्मी दिपेश कुमार जैसवाल र एकजना भिडियोग्राफरले दिउँसो २ बजेतिर मेयरलाई भेट्न जाँदा गेटमा बसेका एकजना नगरप्रहरीले भित्र मेयर र प्रशासकीय अधिकृतबीच मिटिङ भइराछ भन्दै आधी घन्टा मात्रै कुर्न लगाए, तबसम्म पनि मिटिङ नसकेपछि अब एकैछिनमा सकिहाल्छ भनेर नगरप्रहरीले कुराउँदै लगे । कुरेको १ घन्टा अर्थात् ३ बजिसकेपछि, भित्रबाट मेयरका पिए निस्किरहँदा अझै मिटिङ सकेन र सर? भनेर सोध्दा उनले “एउटा फलानो… मिडियालाई अहिले मेयरसाहेबले ‘इन्टरभिउ’ दिइरहनुभाछ, अब ५ मिनेट कुर्नुस भन्दै जवाफ दिए । जबकि प्रशासकीय अधिकृतसँग मिटिङ सकेर पनि इन्टरभिउ भइरहेको थियो । एउटा मिडियालाई चाहिँ तेत्रो समय उपलब्ध गराउने मेयरले हामी टाढाबाट आएका डाँफे खबरले १ मिनेट मात्र भेट गरेर हामी टाढै जानुपर्नेछ भन्दा पनि नभेटेपछि यो विभेद र हेपाह प्रवृत्ति भएन र? जबकी हामी त्यहाँ पुग्नुभन्दा पहिल्यै १ बजेदेखि एकजना वृद्ध आमाले मेयरसँग कतिखेरसम्म भेट हुन्छ होला भनेर उकुसमुकुस हुदैं कुरेर बसेका सबैलाई सुनाइरहेका थिए । मिटिङ त अफिस सकेर पनि गर्न सकिन्छ भन्दै थिए । जबकी अधिकांश आफ्ना नजिकका मान्छेहरू प्रमुख ज्यूलाई भेट्दै-फर्किदै गरेका देखिरहेका थिए ।

लगत्तै नेपाल क्रिकेट संघका अध्यक्षले मेयरलाई भेट्न आए र भित्र छिरे । जब हामी त्यहाँ कुरेको डेढ घन्टा नाघ्यो, त्यसपछि लाग्यो मेयर राजेशमान सिंहलाई भेट्न पत्रकारलाई मात्रै मुस्किल रहेनछ, सर्वसाधारणलाई त झन् कति सास्ती होला?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button