Breaking NewsHighlightsजिवन संघर्सबिशेषसमाचारस्वास्थ

आरआर क्याम्पसमा बृहत रक्तदान कार्यक्रम सम्पन्न ।

डाँफे खबर, काठमाडौं ।

काठमाडौँको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको प्राङ्गणमा कर्मचारी सङ्घ इकाई समितिले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
गणतन्त्र दिवसको अवसर पारेर त्रि.वि. कर्मचारी सङ्घ आरआर क्याम्पस इकाई समितिले उक्त कार्यक्रम गरेको कर्मचारी इकाई समितिका सभापति मन्दिरा बुढाथोकीले जानकारी दिए ।
कर्मचारी सङ्घले रक्तदान जस्तो रचनात्मक कार्यक्रम गरेकोमा क्याम्पसका क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले धन्यवाद ज्ञापन गरे । बिहान ८ बजेदेखि दिउँसो करिब १ बजेसम्म चलेको उक्त कार्यक्रममा ४१ जना जति शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button