Breaking NewsHighlightsबिशेषमुख्यसमाचार

फतुवा विजयपुर नगरपालिकाले सूचना नदिएपछि नागरिकको आक्रोश, पुन: सुचना माग !

प्रेमचन्द्र झा, रौतहट ।

फतुवा विजयपुर नगरपालिकाले स्थानीय नागरिकहरूद्वारा माग गरिएको महत्वपूर्ण सार्वजनिक सूचना चार महिनासम्म पनि उपलब्ध नगराएकोप्रति जनप्रतिनिधिहरू र सचेत नागरिकहरूमा तीव्र असन्तुष्टि देखिएको छ।

मिति २०८१/१२/१५ मा स्थानीय नागरिकहरूको तर्फबाट दुईवटा शीर्षकमा सूचना माग गर्दै नगरपालिका कार्यालयमा लिखित निवेदन पेश गरिएको थियो। नेपाल सरकारको सूचना अधिकार ऐन, २०६४ र नेपालको संविधानको धारा २७ अनुसार, सो सूचना सात दिनभित्र उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान रहेको स्पष्ट हुँदाहुदैं, आजसम्म उक्त सूचना प्राप्त नभएको जनाइएको छ।

निवेदकहरूले उल्लेख गरेअनुसार, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले सूचना अधिकारीलाई सूचना उपलब्ध गराउन लिखित आदेश दिए पनि सो आदेशको पालना नगरिएको हो।

नागरिकहरूले माग गरेका सूचनाहरूमा विगत तीन आर्थिक वर्ष (२०७९/०८० देखि २०८१/०८२) का नीति, कार्यक्रम, बजेट विवरण, कृषि, स्वास्थ्य, शिक्षा तर्फको खर्च विवरण, मालपोतबाट आएको राजस्वको उपयोग तथा प्रशासकीय भवन निर्माणका लागि छुट्याइएको बजेट र त्यसको प्रयोग सम्बन्धी सम्पूर्ण विवरणहरू समावेश छन्।

निवेदनकर्ताहरूले गम्भीर आरोप समेत लगाएका छन्। उनीहरूका अनुसार नगरपालिकाको नाममा खरिद गरिएको चार चक्के सरकारी सवारीसाधनलाई प्रमुख प्रशासकीय अधिकृत यादवले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएको, गाडी घरमै राख्ने गरेको र मनपरी ढंगले प्रयोग गरिरहेको जनाएका छन्। सार्वजनिक सूचना नदिने कार्य कानुनको उल्लङ्घन मात्र नभई भ्रष्टाचार लुकाउन गरिएको प्रयास हो भन्ने उनीहरूको दाबी छ।

सूचना माग गर्ने नागरिकहरूमा शिवपुजन यादव, सन्तोष कुमार साह, भुवानी प्रसाद तिमलसिना, दीपनारायण चौधरी, सूर्य नारायण चौधरी, प्रेमा मैनाली, उपेन्द्र यादव, प्रेमशंकर साह, प्रभात कुशवाहा, ढोराई राय, अरविन्द यादव र मायालाल चौधरी रहेका छन्।

यस सूचनाको प्रतिलिपि राष्ट्रिय सूचना आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत पठाइएको जनाइएको छ।

स्थानीय सरकारको पारदर्शिता र जवाफदेहिताको सवालमा यस्ता गम्भीर लापरवाही हुनु संविधान र कानुनको खुलेआम उल्लङ्घन भएको भन्दै स्थानीय बासिन्दाले तत्काल कारबाहीको माग र सूचना उपलब्ध गराउन माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button