Breaking NewsHighlightsUncategorizedजिवन संघर्सबिशेषमुख्यराजनितिसमाचारसमाज
केदारनाथ शर्मा बने अब गृहमन्त्रालयको नयाँ गृह सचिव
डाँफे खबर, काठमाडौं ।
सरकारले गृह सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो।
यसअघि सचिव रहेका शर्मा २०८२ मंसिरमा रक्षा मन्त्रालयको जिम्मेवारीमा पुगेका थिए। अब उनलाई गृह मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो।
हाल गृह सचिव रहेका राजकुमार श्रेष्ठ भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले नयाँ गृह सचिवका रूपमा शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको हो।
शर्माले अब गृह प्रशासन, सुरक्षा व्यवस्थापन तथा मन्त्रालयअन्तर्गतका महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?