Breaking NewsHighlightsअन्तराष्ट्रियअर्थकराकानीजिवन संघर्सबिशेषमुख्यसमाचार

मन्त्री रामजी यादवद्वारा प्रमुख अन्तर्राष्ट्रिय साझेदारका प्रतिनिधिहरूसँग महत्त्वपूर्ण छलफल सम्पन्न

डाँफे खबर, काठमाडौं ।
माननीय युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवज्यूको अध्यक्षतामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रहरूमा तत्काल राहत, पुनर्निर्माण र रोजगारीका अवसरहरू सिर्जना गर्न ILO, World Bank, ADB, IOM लगायत प्रमुख अन्तर्राष्ट्रिय विकास साझेदारहरूका प्रतिनिधीहरुसँग आज महत्त्वपूर्ण छलफल तथा बैठक सम्पन्न भएको छ।

छलफलमा विपद् प्रभावित क्षेत्रका श्रमिक, युवा, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरू र प्रभावित समुदायहरूलाई तत्काल रोजगारका अवसरहरूसँग जोडि द्रुत रोजगार सहायता कार्यक्रम (Rapid Employment Support Program): सञ्चालन गर्ने, प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक पर्ने तत्कालीन तथा दीर्घकालीन सीप विकासका तालिमहरू सञ्चालन गर्ने, प्रभावित परिवारका लागि अल्पकालीन रोजगारी सिर्जना गर्दै उनीहरूको जीविकोपार्जनलाई थप सुरक्षित, उत्पादक र उत्थानशील बनाउन पुराना कार्यक्रम र अनुभवहरूलाई थप सुदृढ बनाउने लगायतका विषयमा छलफल गरिएको थियो।

छलफललाई सम्बोधन गर्दै मन्त्री यादवले विपद्पछिको पुनर्निर्माणमा युवा शक्तिको परिचालन र रोजगार प्रवर्द्धनमार्फत प्रभावित क्षेत्रलाई फेरि चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button